Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • तीन करोड फिरौतीका लागि अस्पतालमा नक्कली बम राख्ने पक्राउ

    तीन करोड फिरौतीका लागि अस्पतालमा नक्कली बम राख्ने पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २७ भाद्र २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । गत भदौं २५ गते पुरानो बानेश्वरस्थित मातृका अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ।

    पक्राउ पर्नेमा धादिङको त्रिपुरासन्दरी गाउँपालिका-५ घर भई हाल काठमाडौं फुटुङ बस्नेत २५ वर्षीय आशिष कुँवर, उनका सहोदर भाइ २० वर्षीय अभिषेक कुँवर र रोल्पाको खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगर रहेका छन्।



    महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका आशिष कुँवरले भदौं २४ गते अस्पतालका चिकित्सकलाई बारम्बार फोन गरेर अस्पताल र घरमा बम पड्काई ध्वस्त पारीदिने धम्की दिएका थिए।



    अस्पताल र घर परिवार सुरक्षित राख्ने भए ३ करोड रुपैयाँसहित नागढुंगामा आउन भनेको प्रहरीले अडियो रेकर्डसमेत फेला पारेको छ।

    पक्राउ परेका उनीहरूउपर काठमाडौं जिल्ला अदालतबाट अपराधिक लाभ मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार