Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बलात्कार र डाँका मुद्दामा फरार १० वर्षपछि पक्राउ

    बलात्कार र डाँका मुद्दामा फरार १० वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २७ भाद्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बलात्कार र डाँका मुद्दामा फरार रहेका एक अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीका ४१ वर्षीय बल्ला भनिने रजावुल मियाँ छन्। उनलाई सीआईबीले आइतबार सुनसरीबाट पक्राउ गरेको हो।



    सीआईबीका प्रवक्ता एवंसूचना अधिकृत श्यामकुमार महतोका अनुसार पक्राउ परेका मियाँलाई उच्च अदालत विराटनगरले २०६८ असार ३० गते डाँका र बलात्कार मुद्दा गरेर १४ वर्ष ५ महिना १२ दिन कैद र ६४ हजार ५ सय जरिवाना सुनाएको थियो।



    अदालतका अनुसार उनले २०६४ भदौ १५ गते राति साढे ११ बजेतिर सुनसरीमा डरत्रास देखाई बलात्कार समेत गरी सुनका गरगगहना लुटेका थिए।

    पक्राउ परेका मियाँलाई फैसला कार्यान्वयका लागि जिल्ला अदालत मोरङमा पठाइएको सीआईबीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार