Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • इजरायलद्वारा प्यालेस्टाइनको गाजामा फेरि हवाई आक्रमण

    इजरायलद्वारा प्यालेस्टाइनको गाजामा फेरि हवाई आक्रमण

    अनलाइन नेपाल
  • आइतबार, २७ भाद्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलले आइतबार फेरि हवाइ आक्रमण गरेको छ । प्यालेस्टाइनको रकेट आक्रमणको जवाफमा हवाई आक्रमण गरेको इजरायली सेनाले जनाएको छ।

    सोमबार एक अधिकतम सुरक्षा इजरायली जेलबाट छ जना प्यालेस्टिनी लडाकु भागेपछि इजरायल र प्यालेस्टिनीहरु बीचको तनाव पछिल्लो हप्तामा बढेको छ। यद्यपि इजरायली सुरक्षा बलले भागेका मध्ये ४ जना कैदीलाई फेरि पक्राउ गरेको छ ।



    समाचार एजेन्सी रोयटर्सका अनुसार भागेका मध्ये २ जनालाई शुक्रबार समातिएपछि गाजापट्टी तर्फबाट रकेट प्रहार हुन थालेको थियो । लगत्तै शनिबार अन्य २ जनालाई समातिएपछि फेरि गाजा तर्फबाट रकेट प्रहार भएको थियो ।



    इजरायली सेनाको तर्फबाट जारी बयानमा इजरायलको तर्फबाट जवाफी कारवाहीमा चरमपन्थी संगठन हमासका अड्डाहरुलाई निशाना बनाइएको थियो । यसअघि इजरायल र हमासबीचको युद्धविराममा कम्तीमा २५० प्यालेस्टाइनी र १३ इजरायली सैनिक मारिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार