Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सानो ‘सनक’ले निम्त्याएको भयानक नरसंहार : यस्तो छ संखुवासभा हत्याकाण्डको विस्तृत विवरण

    सानो ‘सनक’ले निम्त्याएको भयानक नरसंहार : यस्तो छ संखुवासभा हत्याकाण्डको विस्तृत विवरण

    अनलाइन नेपाल
  • आइतबार, २७ भाद्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा एकै परिवारको छ जनाको हत्यामा संलग्न आरोपितले दाउराको चिर्पट प्रहार गरेर हत्या गरेको खुलेको छ। हत्यामा संलग्न आरोपी २६ वर्षीय लोकबहादुर कार्कीले छ जनाको हत्या चिर्पट प्रहारबाट गरेको प्रहरीसमक्ष बयान दिएका छन्।

    आइतबार इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारे जानकारी गराएको हो। लोकबहादुरले सबैभन्दा पहिले ठूलो बुबा तेजबहादुरलाई नै चिर्पटले हानेर हत्या गरेको प्रहरीलाई बयान दिएको प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुण बीसीले पत्रकार सम्मेलनका जानकारी दिए।



    तेजबहादुरका भतिज लोकबहादुरले पछाडिबाट चिर्पट दाउराले टाउकोमा प्रहार गरेर ढलाएका थिए। तेजबहादुरको हत्या गरेको घटना देख्ने सबैलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएको नायब महानिरीक्षक बीसीले बताए।



    लोकबहादुरले पटक–पटक चिर्पट प्रहार गरेपछि तेजबहादुरले हारगुहार गरेको आवाज सुनेपछि तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनासमेत घटनास्थलतर्फ आएका थिए। सोही क्रममा लोकबहादुरले उनीहरुमाथि पनि लगातार चिर्पट प्रहार गरेर हत्या गरेको बयान दिएको बीसीले बताउनुभयो। लोकबहादुरले घरमाथि बाटोमा आएका दुई जना नाबालक दिपेन र गोमालाई पनि लखेटी लखेटी हत्या गरेका थिए।

    त्यसपछि घरको पछाडि खोले पकाउँदै गरेकी हजुरआमा पार्वता कार्कीलाई समेत भित्तामा पटक–पटक टाउको ठोक्काएर हत्या गरेर घरतर्फ लागेको प्रहरी समक्ष बयान दिएका थिए।

    लोकबहादुरले हत्या घटनामा प्रयोग गरेको चिर्पट कुँडो पकाउने अगेनामा हाली नष्ट गरेको बताएका थिए। शुक्रबार रातिदेखि सूक्ष्म अनुसन्धान गर्दै सोधपुछ गरेपछि शनिबार बिहान आरोपीले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै आफ्नो ‘टार्गेट’मा तेजबहादुर मात्रै रहेको बताएका थिए।

    घटनामा संलग्न देखिएका लोकबहादुर तीन पटक वैदेशिक रोजगारीमा पनि गएको तर लामो समय काम गर्न नसकी नेपाल फर्किएका थिए। लोकहदुरलाई ठूलो बुबा तेजबहादुरले पटक–पटक गाली गर्ने गरेका कारण रिसले उनको हत्या गरेको बताएका छन्।

    व्यक्तिगत रिसइबीका कारण

    एक वर्षअघि लोकबहादुरकी आमा तेजबहादुरको घरमा लडेकी थिइन्। उनको आमा बेहोस भएपछि उपचारका क्रममा झापामा मृत्यु भएको थियो। लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर नै भएको आरोप लगाउँदै आएका थिए।

    तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको दूरीमा छ। गत सोमबार बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमै कुरेर बसेका लोकबहादुरले आक्रमण गरेर हत्या गरे। छ जनाको हत्यामा स्थानीय चिनेजानेकै व्यक्तिको हात हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो। सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको हो। लोकबहादुरले पनि व्यक्तिगत रिसइवीका कारण हत्या गरेको स्वीकार गरिसकेका छन्।

    हत्या गरिएका तेजबहादुरले सधैँ आपूmलाई हेप्ने गरेका कारण आवेगमा आएर हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन्। लोकबहादुरले निर्दोष देखिनका लागि छिमेकीलाई हत्याको खबर सबैभन्दा पहिले पु¥याएका थिए।

    प्रहरीको निगरानीमा रहेका लोकबहादुरको घरमा रगत लागेको कपडा र हत्यामा प्रयोग गरिएकोजस्तो देखिने हतियार प्रहरीले फेला पारेको थियो। घटनाको अनुसन्धानमा प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक बीसी, सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहाल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीका प्रहरी नायब उपरीक्षक रुगम कुँवर, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी घटनास्थलमा खटिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार