Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एमसीसीको पक्षमा बोल्नेहरु दलाल हुन्, जबरजस्ती पारित गरे देशमा आगो बल्छ : विप्लव

    एमसीसीको पक्षमा बोल्नेहरु दलाल हुन्, जबरजस्ती पारित गरे देशमा आगो बल्छ : विप्लव

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्षमा बहस गर्नेहरु दलाल भएको आरोप लगाएका छन्।

    सोमबार काठमाडौँको खुल्लामन्चमा एमसीसीविरुद्ध विरोधसभामा महासचिव विप्लवले देश विकासका लागि पैसा मात्रै प्रयाप्त नहुने बताए। ‘पैसाले देश विकास हुन्छ भन्नु मुर्खता हो, विप्लवले भने, ‘आफ्नो देशलाई बनाउनका लागि आफै लागि पर्नुपर्छ।’



    कार्यक्रममा विप्लवले नेपालकै अदालत तथा सुरक्षा निकायहरु सक्षम रहेको भन्दै विदेशीको सहयोग नचाहिने बताए । सम्बोधनका क्रममा उनले प्रश्न गरे,’ नेपालको अदालत के हो ? नेपाल प्रहरी र सेना जनतालाई दमन गर्न मात्रै हो ?’



    यस्तै, महासचिव विप्लवले अमेरिकाले नेपालमा जबर्जस्ती एमसीसी थोपर्न खोजे देशमा आगोको राँको बल्ने चेतावनी दिए।  ‘अहिले एमसीसीविरुद्धको यो आन्दोलन झिल्को मात्रै हो, एमसीसी जर्वजस्त कमिसनको लोभमा थोपर्न खोजियो भने राँको बन्छ राँको’ विप्लवले भने।

    उनले नेपाली जनताको आकांक्षा र नेपालको स्वाभिमान छिन्न खोजिएको भन्दै नेपाली जनताले आफ्नो परिश्रमबाट जन्मेको सत्ता खोजेको बताए । उनले खर्वौ रकम भ्रष्टाचार गर्ने राज्यसत्तामा बस्नेहरुले एमसीसीले विकास हुन्छ भनेर गलत चर्चा गरिरहेको बताए ।

    विप्लवले एनसेलले तिर्नुपर्ने करका बारेमा आफ्नो पार्टीले आवाज उठाउँदा अहिलेका संसदीय दलहरुले नबोलेको भन्दै भने,’ नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र एनसेलले गरेको कर छलीबारे मौन रहेको छ ,। उनले एमसीसीले दिने आर्थिक साहायता भन्दा कर छली बढी भएको दाबी गर्दै भने कर उठाएमा एमसीसीको जरुरत नपर्ने उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार