Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रेमिकाको अश्लिल फोटो र भिडियो सार्वजनिक गर्ने प्रेमी पक्राउ

    प्रेमिकाको अश्लिल फोटो र भिडियो सार्वजनिक गर्ने प्रेमी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 2K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा प्रेमिकाको अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका-८ ठेगाना भइ काठमाडौं टोखास्थित धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेल रहेका छन्। जिरेललाई आइतबार महाशाखाको टोलीले काभ्रेको पाँचखालबाट पक्राउ गरेको हो ।



    महाशाखाका अनुसार पक्राउ परेका जिरेलले आफ्नी प्रेमिकासँग प्रेम सम्बन्धमा रहँदा खिचिएका अश्लिल फोटो तथा भिडियोहरू प्रेमिकासँगको विवादपश्चात सामजिक सञ्जालमा पोष्ट गरेर चरित्र हत्या गरेका थिए ।



    पक्राउ परेका जिरेललाई विद्युतीय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार