Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेपाललाई अमेरिकाको चुनौतीपूर्ण लक्ष्य

    नेपाललाई अमेरिकाको चुनौतीपूर्ण लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं — विश्वकप लिग २ क्रिकेटमा अमेरिकाले नेपाललाई कठिन लक्ष्य दिएको छ। मोनांक पटेलले शतक बनाएपछि अमेरिकाले आईसीसी विश्वकप लिग २ क्रिकेटमा नेपाललाई २ सय ३१ रनको लक्ष्य दिएको हो। टस जितेर ब्याटिङ रोजेको अमेरिकाले ओमानको मस्कटस्थित एमेरात क्रिकेट मैदानमा ९ विकेट गुमाई २ सय ३० रन बनाएको छ।

    पटेलले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक बनाएका हुन्। उनी ठ्याक्कै एकसय रनमा आउट भए। १ सय १४ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरे। निसर्ग पटेल २१ रनमा आउट भए। कप्तान सौरभ नेत्रभाल्कर ११ बलमा १३ रन बनाई अविजित रहे।



    नेपालबाट विक्रम सोब, सन्दीप लामिछाने र सुशन भारीले २–२ विकेट लिए। विक्रमले ६ ओभरमा ३३, सन्दीपले १० ओभरमा २ मेडन राख्दै ३५ र सुशनले १० ओभरमा ३१ रन खर्चे। कुशल मल्लले १० ओभरमा ४५ रन खर्चेर १ विकेट लिए। अमेरिकाका दुई ब्याट्सम्यान रनआउट भएका थिए।



    लिग २ को पछिल्लो शृंखला २०२० को फेब्रुअरीमा काठमाडौंमा हुँदा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको थियो, जुन एकदिवसीय अन्तर्राष्ट्रियकै न्यून स्कोर पनि हो।

    लिग २ विश्वकप छनोटका आधार हो, जहाँ एक टोलीले ९ शृंखलासहित ३६ खेल खेल्ने छन्। शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन्। नेपालले यो एक साता लिग २ का यही शीर्षस्थ टोलीसँग ओमानको मस्कटमा चार खेल खेल्ने छ। सहभागी सात टोलीमा छैटौं स्थानमा रहेको नेपालले मंगलबार आयोजक अमेरिकासँग खेल्दै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार