Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ३० लाख जरिवाना तोकिएका फरार कार्की पक्राउ

    ३० लाख जरिवाना तोकिएका फरार कार्की पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं। महानगरीय अपराध महाशाखाले बैंकिङ कसुरको मुद्दामा ३० लाख रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय सुनाइएका फरार व्यक्तिलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–७ काँडाघारी बस्दै आएका ३९ वर्षीय दीपक कार्की छन् । उनलाई महाशाखाले सोमबार काँडाघारीबाट पक्राउ गरेको हो।



    महाशाखाका अनुसार पीडित नारायणकाजी कार्कीले दिएको बैंकिङ कसुरको जाहेरीमा उनी दोषी ठहर भएका थिए । २०७६ फागुन १८ गते उच्च अदालत पाटनले उनलाई दोही ठहर गर्दै ३० लाख जरिवाना र ७ दिन कैदको सजाय सुनाएको थियो ।



    पक्राउ परेका कार्कीलाई फैसला कार्यान्वयका लागि जिल्ला अदालतमा काठमाडौंमा उपस्थित गराइ कारागार पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार