Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • दुल्हन फर्काउन माइत आएकी किशोरीमा टिकटकको क्रेज, सेती नदीमा खस्दा बेपत्ता

    दुल्हन फर्काउन माइत आएकी किशोरीमा टिकटकको क्रेज, सेती नदीमा खस्दा बेपत्ता

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    तनहुँ । टिकटक बनाउने क्रममा सेती नदी (रक गार्डेन)मा खस्दा एक किशोरी बेपत्ता भएकी छिन्।

    ईलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार बेपत्ता हुनेमा १९ वर्षीया पवित्रा लम्साल रहेकी छिन्।



    मंगलबार दिउँसो दुई साथीहरुसँग घुम्न त्यसतर्फ गएकी  उनी टिकटक बनाउने क्रममा ढुंगामा चिप्लिएर बेपत्ता भएकी हुन् । नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।



    बेपत्ता भएकी लम्सालको ५ दिनअघि मात्रै बिहे भएको थियो। उनी दुल्हन फर्काउन माइत आएकी थिइन् ।

    बेपत्ता लम्सालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार