Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पुरानो प्रेमी र नयाँ प्रेमीबीच भिडन्त, छुटाउन आएकी गर्भवती गलफ्रेण्डको गोली हानी हत्या

    पुरानो प्रेमी र नयाँ प्रेमीबीच भिडन्त, छुटाउन आएकी गर्भवती गलफ्रेण्डको गोली हानी हत्या

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 2.3K
    SHARES

    एजेन्सी – अमेरिकामा एक गर्भवती महिलाको गोली हानी हत्या भएको छ। प्रहरीका अनुसार पुरानो प्रेमी र नयाँ प्रेमीको झगडा मिलाइरहेका बेला ती महिलालाई गोली हानिएको हो।

    गोली सिधै उनको टाउकोमा लागेको थियो। डेली मेलको रिपोर्टअनुसार यो घटना आइतबार भएको हो। ज्यान गुमाउनेमा शेनिस यंग नाम गरेकी महिला रहेकी छिन्।



    यंग आठ महिनाकी गर्भवती थिइन्। उनी आफ्नो प्रेमीसँग घर जाँदै थिइन्। यसैबीच भवनको तल उनका पूर्व प्रेमी आइपुगे। एकअर्कालाई देख्नेबित्तिकै उनीहरु आपसमा झगडा गर्न लनगे। त्यसपछि ती महिला आफ्नो प्रेमी र पूर्वप्रेमीलाई छुटाउँदै थिइन्।



    यसैबीच उनलाई गोली हानिन्छ। गम्भीर घाइते उनलाई न्यूयोर्कको हार्लेस अस्पताल लगिएको थियो। अस्पतालले यंगलाई मृत घोषित गरेको थियो।

    शुरुवाती अनुसन्धानमा एक हतियारधारी महिलाको प्रेमिको पिछा गर्दै भवनको तल आएको देखिएको थियो। उनैले गोली हानेको हुनसक्ने बताइएको छ। हालसम घटनामा कसैलाई पक्राउ गरिएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार