Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • आजदेखि कक्षा १२ को परीक्षा शुरु, करिश्मा भन्छिन् – रातभर सुत्न सकेको छैन

    आजदेखि कक्षा १२ को परीक्षा शुरु, करिश्मा भन्छिन् – रातभर सुत्न सकेको छैन

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । आजबाट कक्षा १२ को परीक्षा शुरु भएको छ । कोरोना भाइरसका कारण यसअघि दुईपटक स्थगित भएको परीक्षा आजबाट शुरु भएको हो।

    राष्ट्रिय परीक्षा बोर्डका अनुसार परिक्षा आगामी असोज ८ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदैछन् ।



    यस्तै, आजबाट सुरु भएको परिक्षामा नेपाली फिल्म क्षेत्रकी अभिनेत्री करिश्मा मानन्धर पनि सहभागी भएकी छन् ।



    बुधबार बिहान परीक्षा दिन किटनी कलेज गोदावरी पुगेकी उनले परिक्षाकै कारण रातभर सुत्न नसकेको बताइन् । आफूले परिक्षाका लागि धेरै तयारी गर्न नपाएको समेत उनको गुनासो रहेको छ। पछिल्लो समय अभिनय, ब्यवसाय बिभिन्न कामले गर्दा धेरै ब्यस्त भएको र सोही कारणले परीक्षामा धेरै तयारी गर्न नसकेको उनको भनाइ छ।

    अभिनेत्री करिश्मा मेजर अंग्रेजी बिषयमा सोही कलेजमा अध्यनरत छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार