Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सर्वोच्चद्वारा गृहको विज्ञप्तिविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

    सर्वोच्चद्वारा गृहको विज्ञप्तिविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे र छिमेकी मुलुक भारतकोबारे नकारात्मक टीकाटिप्पणी नगर्न भन्दै गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति खारेजीको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

    गत भदौं २३ गते अधिवक्ता प्रवेश केसीले गृहको विज्ञप्ति खारेजीको माग गर्दै रिट दायर गरेका थिए। उक्त रिटमा गृहको वक्तव्य संविधानले दिएको विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकार विपरीत भएको दाबी अन्तरिम आदेश माग गरिएको थियो।



    यसबारे बुधबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश र अन्तरिम आदेशबारे छलफलका लागि बोलाउने आदेश गरेको हो।



    गृहले १८ भदौमा एक विज्ञप्ति निकालेर एमसीसीबारे नकारात्मक टिप्पणी नगर्न भनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार