Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • चीनमा ठूलो भूकम्प

    चीनमा ठूलो भूकम्प

    अनलाइन नेपाल
  • बिहिबार, ३१ भाद्र २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । चीनको सिचुआन प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको छ। आज बिहान ४ः३३ बजे भूकम्प गएको एपी न्युजले जनाएको छ।

    उक्त भूकम्पले घरहरु भत्किएर कम्तीमा दुई जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। भूकम्पपछि सबै विवरणहरु प्राप्त भइनसकेको बताइएको छ।
    सिन्ह्वा समाचार एजेन्सीले जनाए अनुसार ६० जना घाइते भएका छन्, तीन जनाको अवस्था गम्भीर छ। यस्तै ३५ घर भत्किएका छन्।



    भूकम्पको केन्द्र उक्त प्रान्तको राजधानी चेङ्ग्दूको २०० किलोमिटर दक्षिणपूर्वमा रहेको जनाइएको छ। पश्चिमी चीनमा बारम्बार भूकम्पले क्षति गरिरहेको छ।



    मे २००८ मा समेत ७.९ म्याग्निच्युडको भूकम्पले सिचुअनमा झण्डै ९०,००० मानिसको ज्यान गएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार