Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • राष्ट्रपतिको लापरवाहीका कारण जाकार्ता शहर दुषित बनेको अदालतको ठहर

    राष्ट्रपतिको लापरवाहीका कारण जाकार्ता शहर दुषित बनेको अदालतको ठहर

    अनलाइन नेपाल
  • बिहिबार, ३१ भाद्र २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । इण्डोनेसियाको अदालतले राष्ट्रपति जोको उदोदो र अरू उच्च अधिकारीहरूले जाकार्ताको वायु प्रदूषणका नियन्त्रणका लागि लापरबाही गरेको जनाएको छ।

    एउटा महत्त्वपूर्ण फैसलामा अदालतले अनुगमन केन्द्र स्थापना सहित थप कदमहरू चालेर वायुको गुणस्तर सुधार गर्न निर्देशन दिएको छ।



    सन् २०१९ मा जाकार्ताका बासिन्दाले उक्त मुद्दा दायर गरेका थिए।



    सो वर्ष इण्डोनेशियाको एउटा हवाई गुणस्तर अनुगमन गर्ने निकायले उक्त शहरलाई विश्वकै सबैभन्दा प्रदूषित शहरका रूपमा सूचिकृत गरेको थियो।

    यसअघि वायु प्रदूषणबारेको फैसला आठ पटक पर सरेको थियो।

    झन्डै एक करोड जनसङ्ख्या रहेको जाकार्ता इण्डोनेशियाको सबैभन्दा ठुलो शहर हो। (बीबीसीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार