Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • पोर्नोग्राफी प्रकरण : शिल्पाले छाडिन् पति राजको साथ, प्रहरीसामु दिएको बयानले झनै बल्झियो केस

    पोर्नोग्राफी प्रकरण : शिल्पाले छाडिन् पति राजको साथ, प्रहरीसामु दिएको बयानले झनै बल्झियो केस

    अनलाइन नेपाल
  • बिहिबार, ३१ भाद्र २०७८
  • 2.6K
    SHARES

    एजेन्सी – राज कुन्द्रा पोर्नोग्राफी प्रकरणमा प्रहरीले उनकी पत्नी शिल्पा शेट्टीको बयान लिएको थियो। उक्त बयानबारे हाल आएर धेरै कुरा सार्वजनिक भएको छ।
    मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो।

    आफ्नो बयानमा शिल्पा शेट्टीले सन् २०१९ मा कुन्द्राले कम्पनी आर्म्सप्राइम मिडिया जोइन गरेको बताएकी छिन्। यो कम्पनी पूनम पाण्डे जस्ता ती नायिकाको उत्तेजक भिडियो अपलोड गर्ने गर्दथ्यो। यसलाई उनीहरुले आफ्नो मर्जीले बनाउने गर्दथे।



    शिल्पाले आफूले आरोपी उमेश कामथलाई चिन्ने बताएकी थिइन् किनभने उनी उनको कम्पनी वियान इन्डस्ट्रिजमा काम गर्दथे। फेब्रुअरीमा जब उनी पक्राउ परेका थिए तब शिल्पाले राजसँग उनीबारे कुरा गरेकी थिइन्।



    स्रोतले बताए अनुसार राजले त्यतिबेला शिल्पालाई कामथ छुट्टै गहना वशिष्ठसँग काम गर्ने र पोर्न भिडियो बनाएर त्यसलाई बेच्ने गरेका कारण उनी पक्राउ परेको बताएका थिए। शिल्पाले आफ्नो बयानमा उनलाई एप्लिकेशन बलीफेमबारे केही पनि थाहा नभएको बताइन्।

    ‘वियान इन्डस्ट्रिजमार्फत् हटशट एप बनाइएको थियो भनेर मलाई बल्ल थाहा हुँदैछ र पोर्न भिडियो यसमार्फत् नै बनाइन्थ्यो। जुन प्रदीप बक्शीको कम्पनी केनरिनलाई बेचिएको थियो। म आफ्नो काममा असाध्यै व्यक्त थिएँ र म मेरो श्रीमानलाई के गरिरहेको छौ भनेर सोध्ने बानी पनि थिएन। उनले मलाई आफ्नो कामबारे कहिल्यै केही पनि बताउँदैनथे। मलाई यसबारे केही पनि थाहै छैन,’ शिल्पाको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

    शिल्पा शेट्टीले लण्डनमा बिग ब्रदरको सुटिङ गरिरहेका बेला साथी फारत हुसैनमार्फत् राज कुन्द्रासँग भेट भएको बताइन्। सन् २००९ मा उनीहरुको सम्बन्ध विवाहमा परिणत भएको थियो। त्यतिबेला देखि नै उनीहरु भारतमा बसिरहेका छन् र थुप्रै व्यवसाय गरिरहेका छन्।

    शिल्पाले सो बयानमा आफ्नो पतिको बचाउ गरेकी छैनन्। बरु उनले आफूलाई थाहा नै नभएको भनेर उम्किन खोजेकी छिन्। यसो त केही समयअघि उनीहरु डिभोर्स गर्ने तयारीमा रहेको हल्लाले पनि बलिउड तातेको थियो। जे होस शिल्पाले यो प्रकरणमा भने आफ्नो पति निर्दोष भएको जिकिर गर्ने हिम्मत गरेकी छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार