Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको मुद्धामा सुनुवाइ हुँदै

    राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको मुद्धामा सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १ असोज २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्धको मुद्धामा आज सुनुवाइ हुँदैछ।

    गत भदौं २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा जारी गरेको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याका आधारमा दल विभाजन गर्न सक्ने व्यवस्था गरिएको थियो । उक्त अध्यादेशविरुद्ध ६वटा रिट दायर भएका थिए ।



    शुक्रबार सो अध्यादेशविरुद्ध परेका ६ रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलि इजलास गठन गरिएको छ ।



    अध्यादेशविरुद्ध अधिवक्ता प्रवेश केसी, अर्जुनकुमार अर्याल र शकुन्तला भुसाल, दिनेशकुमार अर्याल र अनुपा अर्याल, सरोज बुढाथोकी र आशिष श्रेष्ठ, श्रीकान्त बराल र दलबहादुर धामीको ६ रिट परेका थिए ।

    रिटमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी भएको अध्यादेश बदर गर्न आदेश माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार