Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • थप ४४ लाख डोज भेरोसेल खोप काठमाडौँ आइपुग्यो

    थप ४४ लाख डोज भेरोसेल खोप काठमाडौँ आइपुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १ असोज २०७८
  • 1.8K
    SHARES

    काठमाडाैं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डाेज भेरोसेल खोप काठमाडौँ आइपुगेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार शुक्रबार दिउँसो २ बजे नेपाल एयरलाइन्सको जहाज खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हाे ।



    निगमको वाइडबडी-३३० जहाज बिहीबार राती खोप लिन काठमाडौँबाट बेइजिङ गएको थियो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।



    नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार