Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कोरोना भाइरस

    १२ हजार ३८५ जनामा परिक्षण गर्दा १,५५८ मा संक्रमण पुष्टि, १० जनाको मृत्यु

    १२ हजार ३८५ जनामा परिक्षण गर्दा १,५५८ मा संक्रमण पुष्टि, १० जनाको मृत्यु

    १,३५१ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, १ असोज २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६५ जनाको पीसीआर परीक्षणमा १ हजार ०८६ र ३ हजार ७२० को एन्टिजेन परीक्षणमा ४७२ जना गरी १ हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ८३ हजार ०७५ पुगेको छ ।



    जसमध्ये २३ हजार ९५० जना होम आइसोलेसनमा र १ हजार ५४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ०१२ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार