Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अमेरिकामा राष्ट्रपति बाइडेनलाई नै तालिबानी बनाइदिएपछि…

    अमेरिकामा राष्ट्रपति बाइडेनलाई नै तालिबानी बनाइदिएपछि…

    अनलाइन नेपाल
  • शुक्रबार, १ असोज २०७८
  • 2.3K
    SHARES

    एजेन्सी । अमेरिकी एक नेताले राष्ट्रपति जो बाइडेनलाई तालिबानी बनाइदिएका छन् । १५ हजार डलर खर्चेका उनले राजमार्ग लगायत विभिन्न स्थानमा बाइडेनलाई तालिबान बनाएको होडिङ बोर्ड राखेका हुन् । रिपब्लिकन पार्टीका तर्फबाट राज्यको सिनेटर बनिसकेका स्कट वागनरले आफ्नै पैसा खर्चेर होडिङ बोर्ड बनाएका हुन् ।

    उनले अमेरीकी सेनालाई अफगानिस्तानबाट छिटो फर्काएको विरोधमा यस्तो बोर्ड बनाएको बताएका छन् । अफगानिस्तानबाट अमेरिका फर्किँदा तालिबानहरू बलिया भएको उल्लेख गर्दै यसमा राष्ट्रपति बाइडेनको गलत नीति जिम्मेवार रहेको उनको भनाई छ ।



    २० वर्ष लामो युद्ध अन्त्य गर्दै अफगानिस्तानबाट लथालिंग तरिकाले अमेरिका फर्किएको केही समयपछि पेन्सलभेनियामा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई नै तालिबानजस्तो बनाएर होडिङ बोर्ड राखिएका हुन्।



    होडिङ बोर्डमा बाइडेनलाई तालिबानको जस्तो पहिरन लगाइएको छ भने उनले रकेट लन्चर पनि बोकेको देखाइएको छ। यसअघि रिपब्लिकन पार्टीबाट राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले मेक अमेरिका ग्रेट अगेन भन्ने नारा बनाएका थिए। त्यही नारालाई वागनरले नयाँ बनाएका हुन्।

    अमेरिकाको पेन्सलभेनिया राज्यका राजमार्ग छेउलगायत राज्यका विभिन्न दर्जन बढी ठाउँका होडिङ बोर्डमा एउटै कुरा छ। ती होडिङ बोर्डमा लेखिएको छ–‘मेकिङ द तालिबान ग्रेट अगेन !’ अर्थात् तालिबानलाई फेरि महान् बनाउँदै !

    वागनरले फक्स न्युज च्यानललाई पठाएको इमेलमा उनले हतार–हतार अफगानिस्तानबाट अमेरिका फर्किँदा तालिबानहरू बलिया भएको उल्लेख गर्दै यसमा राष्ट्रपति बाइडेनको गलत नीति जिम्मेवार रहेको बताएका छन्। बाइडेनप्रतिको आफ्नो त्यही असन्तोषलाई सार्वजनिक रूपमा पोखेको उनले बताएका छन्।

    ती होडिड बोर्डमा सामग्री राख्न आफूले १५ हजार डलर खर्च गरेको उनले बताएका छन्। दुई महिनासम्म ती होडिङ बोर्डको ठाउँ आफूले किन्ने उनको भनाइ छ। वागनरले देशका अरू भागमा पनि अनुमति मिले यस्ता होडिङ बोर्ड राख्ने बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार