Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • गुप्तेश्वर महादेव गुफा खुल्ला

    गुप्तेश्वर महादेव गुफा खुल्ला

    अनलाइन नेपाल
  • शनिबार, २ असोज २०७८
  • 5.3K
    SHARES

    काठमाडौं । पहिलो पटक बारकोड टिकटको प्रयोग गर्दै पोखरा महानगरपालिका–१७ डेभिज फलस्थित प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा पर्यटकका लागि खुल्ला गरिएको छ।

    कोरोना कहरसँगै बन्द गरिएका धार्मिक पर्यटकीय गन्तव्य यही असोज १ गतेदेखि स्वास्थ्य मापदण्डसहित खुल्ला गरिने सरकारको निर्णयअनुसार शुक्रबारदेखि खुल्ला गरिएको गुफामा रु १५ लाखको लागतमा अत्याधुनिक बारकोड स्क्यानर गेट राखिएको छ।



    टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकाले गुफामा दैनिक कति पर्यटक आए भन्ने विवरण लिन पनि सहज हुने भएको प्रचारप्रसार उपसमितिका सदस्य कृष्ण रानाभाटले जानकारी दिए।



    विसं २०७८ को सुरुआतमा नै ल्याउने तयारी गरिएको बारकोड स्क्यानर गेट बन्दाबन्दीका कारण सामान नआएकाले अहिले मात्र सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख नारायण पौडेलले जानकारी दिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार