Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सँगै बसेर खाना खाए, विवाद भएपछि फलामको गलले हिर्काएर छिमेकीकै हत्या गरे

    सँगै बसेर खाना खाए, विवाद भएपछि फलामको गलले हिर्काएर छिमेकीकै हत्या गरे

    अनलाइन नेपाल
  • शनिबार, २ असोज २०७८
  • 1.9K
    SHARES

    चितवन । पूर्वी चितवनको राप्तीमा प्रहरीले हत्या आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दशरथ ठकुरी रहेका छन्।

    ठकुरीले राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। लामा र ठकुरी छिमेकी हुन्। दशरथले कान्छाको टाउकोमा फलामको गलले हिर्काएर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।



    शुक्रबार बेलुका उनीहरूले सँगसँगै खानपिन गरेका थिए। सोही क्रममा विवाद हुँदा दशरथले आक्रमण गरेको बताइएको छ। घटनास्थलबाट शवसँगै हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झडपसमेत भएको थियो।



    स्थानीयले पक्राउ परेका व्यक्तिमाथि आक्रमण गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायरसमेत गरेको थियो। झडपमा प्रहरी निरीक्षकसहित पाँच जना प्रहरी घाइते भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार