Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • दुईवटा मुन्द्राका लागि हजुरआमाको हत्या गरेर आँगनमा गाड्ने नाती पक्राउ

    दुईवटा मुन्द्राका लागि हजुरआमाको हत्या गरेर आँगनमा गाड्ने नाती पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २ असोज २०७८
  • 5.3K
    SHARES

    बझाङ। जिल्ला प्रहरी कार्यालय बझाङले आफ्नै हजुरआमाको हत्या आरोपीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।बझाङका एक युवकले गरगहना हात पार्न आफ्नै हजुरआमाको हत्या गरेको प्रहरीको दावी छ । हजुरआमाको हत्या आरोपमा विहीबार पक्राउ परेका दुर्गाथली गाँउपालिका–५ का २३ बर्षीय सुवास जप्रेललाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

    सुवास जप्रेलले भदौ २७ गते विहान हँसिया प्रयोग गरी ८५ बर्षीया आफ्नै हजुरआमा रिखीदेवी जप्रेलको हत्या गरेका थिए । एउटै घरमा बस्दै आएका सुवासले हजुरआमाको हत्या गरी आँगन नजिकै शव गाडेको अवस्थामा ३० गते नै प्रहरीले शब फेला पारेको थियो ।



    सुवासले हजुरआमाको कानमा लागाएका २ थान सुनका मुन्द्रा र नाकमा लागएको १ थान सुनको मुन्द्रीको लोभले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार घटना २७ गते बिहान घटेको र दिउँसो उक्त गहन विक्री गरी फेरि बेलुकी ६÷७ बजेको समयमा घटनास्थल पुगी भित्र भएको शवलाई तानेर घर आँगनकै अघिपट्टी खाल्डो खनेर गाढेको जप्रेलले स्वीकार गरेका छन् ।

    वडा नम्बर–५ का वडाअध्यक्ष समेत रहेका रामबहादुर जप्रेलले आमा २७ गतेदेखि घरमा नदेखेपछि खोजी गरेका थिए । कतै पनि पत्तो नपाएपछि उनले प्रहरीलाई खबर गरेका थिए । घरभित्र हेर्दा रगतका छिटा समेत देखेपछि उनले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । त्यति बेलासम्म हत्याका आरोपित सुवास परिवारकै सम्पर्कमा थिए ।

    सुवासलाई भाग्दै गरेको अवस्थामा दुर्गाथली गाउँपालिका–७ को लौवादेब डाँडाबाट पक्राउ गर्न प्रहरीको टोली पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार