Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • दशैंको मुखमा नेपाल प्रहरीको विशेष सुरक्षा योजना

    दशैंको मुखमा नेपाल प्रहरीको विशेष सुरक्षा योजना

    अनलाइन नेपाल
  • शनिबार, २ असोज २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले नजिकिँदै गरेको चाडपर्व भयरहितरुपमा मनाउन विशेष सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ ।

    प्रहरी प्रधान कार्यालयले नजिकिँदै गरेको दशैँ, तिहार, छठ, इदलगायत चाडपर्व भयरहितरुपमा मनाउन चाडवाड केन्द्रित विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।



    ठाउँअनुसारको योजना निर्माण गर्न निर्देशन दिइएको जानकारी गराउँदै प्रवक्ता कुँवरले भने–‘कुनै जिल्ला कार्यालयले लागू पनि गरिसके र बाँकीले लागू गर्ने तयारीमा छन् ।’



    चाडपर्वका बेला मुख्यगरी आर्थिक गतिविधि र भेटघाटका गतिविधिसमेत बाक्लिदा झै–झगडा तथा आपराधिक क्रियाकलाप हुनसक्नेतर्फ प्रहरी सचेत रहेको पनि हेडक्वार्टले जनाएको छ । त्यसैगरी हेडक्वार्टरले तीव्र गतिमा सवारी साधन चलाउने र बढी यात्रु चढाउँदा दुर्घटना हुनसक्ने खतरासमेतलाई मध्यनजर गरी सुरक्षा योजना बनाउन निर्देशन दिएको छ ।

    अब प्रहरीले चोरी, अपहरण, कालोबजारी, चन्दा आतङ्कजस्ता आपराधिक क्रियाकलाप हुन नपाउने गरी सुरक्षा योजना निर्माण गरी लागू गर्नेछ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा भने शुक्रबारदेखि नै यो योजना लागू गरिएको कुँवरले जानकारी गराए ।

    उपत्यकामा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी योजना कार्यान्वयन गरिएको छ । योजनाअन्तर्गत बढी भिडभाड हुने, आर्थिक गतिविधि बढी हुने क्षेत्र, बैंक तथा वित्तीयसंस्था र यातायात क्षेत्रमा निगरानी बढाउन थालिएको छ ।

    सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गर्ने र तत्काल परिचालन हुने (क्वीक रेष्पोन्स) टोली गठन गरिएको छ भने आकस्मिक जाँच तथा सार्वजनिक सवारी साधनमा समेत सादा पोशाकका सुरक्षाकर्मीले निगरानी गर्ने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार