Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सार्वजनिक कार्यक्रममै महेश बस्नेतमाथि खनिए ओली

    सार्वजनिक कार्यक्रममै महेश बस्नेतमाथि खनिए ओली

    अनलाइन नेपाल
  • शनिबार, २ असोज २०७८
  • 3.6K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरुप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति चाहिने भन्दा बढि सद्भाव देखाएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

    एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पूर्ण बैठकमा ओलीले गरेको सम्बोधन सुन्ने हो भने ओली आफ्नै पार्टीको नेताहरुप्रति कति असन्तुष्ट छन् भन्ने प्रष्ट हुन्छ । उक्त कार्यक्रममा ओलीले प्रचण्ड र नेपाललाई मधु–कैटवको संज्ञा दिंदै दुबै कम्युनिस्ट नभएको बताए ।



    आफ्नै पार्टीका नेताहरुले प्रचण्ड र नेपाललाई एमालेमै फर्किन आग्रह गरिरहेकोप्रति ओलीले आक्रोश पोखेका हुन् । कसैको पनि नाम नलिएका ओलीले पोखेको उक्त आक्रोश एमाले नेता महेश बस्नेत र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यप्रति केन्द्रित थियो ।



    यसअघि आजै आयोजित नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले प्रचण्डलाई पहिले नै गरेको गल्ती स्वीकार गरेर एमालेमा फर्किन आग्रह गरेका थिए । उनले कार्यक्रममा भनेका थिए–‘उनले भने– माओवादी केन्द्र प्रचण्डले भने जस्तै विघटन हुँदैछ ,पेशागकर्मी र मतदाताको स्तरमा विघटित भइसकेको छ । त्यो पंक्ति एमालेमा आबद्ध भइसकेको छ । गल्ती सच्याएर, कान समातेर एमालेमा आउनुस्, अझै पनि डिप्रिसियसन धेरै काटिएको छैन । नत्र जति ढिला गर्यो उति तपाई‌को सान्दर्भिकता सकिनेछ ।’

    सम्बोधनका क्रममा नेता बस्नेतले कार्यकर्ता एकीकृत हुँदा स्वार्थको टकराब नहुने र पार्टी पनि बलियो हुने भएकाले प्रचण्ड–माधव निस्केपछि एमाले बलियो बन्दै गएको पनि दावी गरेका थिए ।

    हुनत नेता बस्नेतलाई ओलीको विश्वासपात्र मान्ने गरिन्छ । ओलीका ‘राइट ह्याण्ड’ मानिएका बस्नेतमाथि नै किन ओली खनिए ? भन्ने प्रश्न उब्जिएको छ । निजामती कर्मचारीको उक्त कार्यक्रममा केपी शर्मा ओली पनि थिए । त्यहाँ यसबारे केही पनि नबोलेका ओली अनेरास्ववियुको कार्यक्रममा भने आफ्नै पार्टीका नेतामाथि खनिएका हुन् ।

    त्यसअघि बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले पनि माधवकुमार नेपाललाई आफूहरु नेता मान्न तयार रहेको भन्दै पार्टीमै फर्किन आग्रह गरेकी थिइन् । हुनत एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपामा हुँदा दाहाल–नेपाल पक्षमा लागेकी शाक्यहले त्यतिबेला ओलीमाथि कडै कटाक्ष पोखेकी थिइन् । त्यतिबेला उनले केपी ओली कमरेड नभएर प्रतिगमनकारी भएको बताएकी थिइन् । तर, शाक्य अहिले एमालेमै छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार