Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • थप १,०६६ जनामा कोरोना पुष्टि हुँदा १,२३४ जना संक्रमणमुक्त, १६ जनाको मृत्यु

    थप १,०६६ जनामा कोरोना पुष्टि हुँदा १,२३४ जना संक्रमणमुक्त, १६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २ असोज २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ भने १ हजार २३४ जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४० पीसीआर परीक्षणमा ८३५ जना र २ हजार ८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ।



    पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २४३, झापामा ९६, ललितपुरमा ६६, कास्कीमा ५७, काभ्रेमा ५१, रुपन्देहीमा ४१, कैलालीमा २९, नुवाकोटमा २७, सुनसरीमा २६, भक्तपुरमा १३, नवलपरासी पूर्व र मोरङमा ११÷११ जना संक्रमित भेटिएका छन् ।

    शनिबार सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ । जसमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १४४६ जना संस्थागत आइसोलेसनमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार