Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यी हुन् रक्सीबाट टाढै बस्ने बलिउड सेलिब्रेटीहरु

    यी हुन् रक्सीबाट टाढै बस्ने बलिउड सेलिब्रेटीहरु

    अनलाइन नेपाल
  • आइतबार, ३ असोज २०७८
  • 2.5K
    SHARES

    एजेन्सी – फिल्म उद्योगमा आबद्ध अधिकांश सेलिब्रेटीहरु ड्रङ्क एण्ड ड्राइभदेखि लिएर ड्रग्ससम्बन्धी विभिन्न मुद्धामा परिरहेका छन्। यसमा बलिउड पनि अगाडि नै रहेको छ।

    बलिउडका धेरै सेलिब्रेटीहरुले मादक पदार्थ तथा नसालु पदार्थ सेवन गर्दा समस्याहरुको सामना गर्नुपरेको छ। सामाजिक सञ्जालका कारण कलाकर्मीहरुको व्यक्तिगत जीवनका बारेमा पनि सजिल्यै जान्न सकिन्छ। उनीहरुको गतिविधिहरु सजिलै देख्न सकिने भएकाले कहिले विवादमा पर्छन् त कहिले ट्रोलको शिकार हुन्छन्।



    तर यही बलिउड फिल्म उद्योगमा केही त्यस्ता सेलिब्रटीहरु छज् जो मादक पदार्थ हातै लगाउँछैनन्। यो लिस्टमा सबैभन्दा अगाडि बलिउडका महानायक अमिताभ बच्चन पर्छन्। उनले कहिल्यै मादक पदार्थ र धुम्रपान गरेका छैनन्।



    त्यस्तै अक्षय कुमार पनि यस मामिलामा टाढा छन्। उनी पनि मदिरा सेवन गर्दैनन्। उनी बलिउडका सबैभन्दा फिट, सफल, चर्चित, अनुशासित र महंगा नायक हुन्। शुगठित शरीरका धनी जोन अब्राहम पनि मादक पदार्थबाट टाढै बस्छन्। आफ्नो फिटनेसलाई ध्यान दिने उनले कुनै पनि नशालु पदार्थ सेवन गर्दैनन्।

    यो लिस्टमा अभिनेत्री सोनाक्षी सिन्हा पनि पर्छन्। सोनाक्षीले अहिलेसम्म मदिरा सेवन गरेकी छैनन्। अर्की अभिनेत्री परिणीति चोपडा पनि मदिरा पिउँदिनन्। त्यस्तै शिल्पा शेट्टी पनि यस मामिलामा टाढा छिन्। उनी योग गर्न रुचाउँछिन् भने धेरैलाई योगको बारेमा प्रशिक्षण पनि दिने गर्छिन्। उनले पनि कहिल्यै मदिरा पिएकी छैनन्।

    सुन्दर अभिनेत्री दीपिका पादुकोण पनि मदिरा पिउँदिनन्। तर उनी एकपटक उनको नाम ड्रग्स केसमा अघि आएको थियो। त्यस्तै अभिनेता सिद्धार्थ मल्होत्राले पनि कहिल्यै मदिरा सेवन गरेका छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार