असोज ११ मा आउँदैछ ८ करोडको आईपीओ

असोज ११ मा आउँदैछ ८ करोडको आईपीओ

अनलाइन नेपाल
  • आइतबार, असोज ३ २०७८

  • 1.5K
    SHARES

    असोज ११ मा आउँदैछ ८ करोडको आईपीओ फाइल फोटो

    काठमाडौँ । आगामी असोज ११ गतेदेखि बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ताहरूका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर जारी गर्ने भएको छ ।

    कम्पनीले हालैमात्र आयोजना प्रभावित स्थानीय नुवाकोट वासीका लागि चार लाख कित्ता सेयर बाँडफाँड गरेकोमा दोस्रो चरणका लागि सर्वसाधारणमा कुल ८ लाख कित्ता सेयर जारी गर्न लागेको जनाएको छ।



    कम्पनीले कुल ८ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणमा जारी गर्ने जनाएको छ ।

    इच्छुक आवेदकले छिटोमा सेयर खुल्ला भएको मितिले चार दिन अर्थात् असोज १४ गतेसम्म र ढिलामा असोज २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार