Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • विभूषणप्रति ओलीको आक्रोश : किन राष्ट्रपतिबाट बाँड्नुपर्‍यो ? आफैं-आफैं लगेर घर जाऊ न

    विभूषणप्रति ओलीको आक्रोश : किन राष्ट्रपतिबाट बाँड्नुपर्‍यो ? आफैं-आफैं लगेर घर जाऊ न

    अनलाइन नेपाल
  • आइतबार, ३ असोज २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी ओलीले सरकारले सातौं संविधान दिवसका अवसरमा सत्ता गठबन्धनका नेताहरू पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहाल, माधव कुमार नेपालका पिता स्वर्गीय मंगलकुमार उपाध्याय र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पदक बाँडेकोमा आक्रोश पोखेका छन्।

    संविधान दिवसको अवसरमा आइतबार नेकपा एमालेले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने,’ आजको गठबन्धनले के गर्दैछ, ७० दिनमा पूर्णता पाउन सकेको छैन । कति हाइसञ्चो छ हेर्नुस् त, ओलीले भने, ‘संविधान दिवस जनताले मनाउन पाउनुपर्ने, सहिदका परिवारले खुसियाली मनाउन पाउने, मनाउने अवसर छैन । जनतालाई होइन बालाई सम्मान ? श्रीमतीलाई सम्मान ? अघिल्लो पटक सुपत्रीलाई सम्मान, अर्को सुपुत्रलाई महान सम्मान ? कस्ता भोका, झुटाहहरू सत्तामा पुगेका रहेछन्, कस्तो अचम्म,’ ओलीले भने ।



    यस्तै अध्यक्ष ओलीले  प्रचण्डकी श्रीमती र माधवका पिताले पदक पाएको तर्फ संकेत गर्दै सोधे, ‘शहिदका आमा बुवा, छोराछोरीले नपाउने ? आज श्रीमतीको मुख हेर्ने दिन हो ? बाउको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?’



    बाहिर जनताका लागि राजनीति गरेको भन्ने र मौका पाएका परिवारका सदस्यलाई बोक्ने भन्दै कार्यक्रममा ओलीले पदक पनि लजाएको टिप्पणी गरे ।  ओलीले ती पदक राष्ट्रपतिबाट नबाँडेर आफैं घर लैजान पनि सुझाए । उनले भने, ‘किन राष्ट्रपतिबाट बाँड्नुपर्‍यो ? आफैं-आफैं लगेर घर जाऊ न !’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार