Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पदक वितरणमा राम्रालाई भन्दा हाम्रालाई प्राथमिकता

    २ अर्ब बक्यौता नतिर्ने अग्रवाल र कालोसूचीमा परेका कोइराला विभुषित

    २ अर्ब बक्यौता नतिर्ने अग्रवाल र कालोसूचीमा परेका कोइराला विभुषित

    अनलाइन नेपाल
  • आइतबार, ३ असोज २०७८
  • 3.7K
    SHARES

    काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर आज प्रदान गरेको पदक वितरणमा राम्रालाई भन्दा पनि हाम्रालाई प्राथमिकता दिएको पाइएको छ । आजको पदक वितरण हेर्दा चार सञ्चारकर्मीलले वहिस्कार गरेको ठिक हो भन्नेहरुको जमात ठूलै बनिसकेको छ ।

    सरकारले घोषणा गरेको पदक अस्वीकार गर्ने पत्रकारहरूमा कृष्णज्वाला देवकोटा, हरिबहादुर थापा, नारायण अमृत र रविन सायमी रहेका छन् । जसमध्ये देवकोटा, थापा र अमृत क्रमश नयाँ पत्रिका दैनिक, इकागज डटकम र नेपाल समय डटकमका प्रधानसम्पादक हुन् भने अर्का पत्रकार सायमी कार्टुनिस्ट हुन्।



    आज मान पदवी पाउनेहरुको सूचीमा विवादास्पद व्यावसायीदेखि कालोसूचीमा रहेका ठेकेदार समेत रहेको पाइएको छ । सरकारले आज लोडसेडिङ माफियालाई समेत विभुषित गरेको हो । सर्वसाधरणलाई १८ घण्टासम्म अन्धकारमा राखेर २४ घण्टा नै विद्युत सुविधा लिएर पनि रकम नतिर्ने विभुषित भएका हुन् ।



    शंकर समूहको प्रबन्ध निर्देशक रहेका साहिल अग्रवालको कम्पनि जगदम्बा स्टिलले नेपाल विद्युत प्राधिकरणलाई २ अर्ब ५३ करोड १४ लाख ३२ हजार ८ सय ५८ रुपैयाँ बुझाउन बाँकी छ । डेडिकेटेड तथा ट्रंक लाइन सुविधा लिएको जगदम्बा स्टिलले अझैसम्म उक्त रकम तिरेको छैन ।

    तर, शेरबहादुर देउवा नेतृत्वको सरकारले भने आज अर्बौं विद्युत महशुल नबुझाउने अग्रवाललाई सुप्रवल जनसेवा श्री पुरस्कार पाउने सूचीमा राखेर सम्मान गरेको छ ।

    त्यसैगरी यूरिया मल नल्याएको आरोप लागेका ठेकेदार तथा होनीको मल्टिपल प्रालिका सञ्चालक हुमनाथ कोइरालालाई प्रबल जनसेवा श्री विभूषण प्रदान गरेर सम्मान गरिएको छ । कालोसूचीमा परेको छ महिना पुग्दैगर्दा होनीकोका सञ्चालक कोइराला पनि विभूषणमा परेका हुन् ।

    सञ्चालक कोइराला रहेको होनीको मल्टिपलले समयमै मल नल्याएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले सन् २०२१ मार्च ६ देखि २०२२ मार्च ५ तरिखसम्म ठेक्कामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको छ ।

    होनीकोले पनि २५ हजार मेट्रिक टन मल आयातको ठेक्का पाएको थियो । मल नल्याएपछि तत्कालीन कृषि मन्त्री घनश्याम भुसालले धरौटी जफतको निर्णय गरेका थिए ।

    देश र जनताका लागि योगदान दिने व्यक्तिहरूको सम्मानार्थ सरकारले साल संविधान दिवसको अवसर पारेर पुरस्कार दिने गर्छ। तर, यो वर्ष भने पदक वितरणमा राम्रालाई भन्दा हाम्रालाई प्राथमिकता राखिएको प्रष्ट देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार