Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • चार सञ्चारकर्मीद्वारा सरकारले घाेषणा गरेकाे पदक अस्वीकार

    चार सञ्चारकर्मीद्वारा सरकारले घाेषणा गरेकाे पदक अस्वीकार

    अनलाइन नेपाल
  • आइतबार, ३ असोज २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । सातौं संविधान दिवस २०७८ को अवसरमा सरकारले प्रदान गरेको पदक ४ जना सञ्चारकर्मीहरूले अस्वीकार गरेका छन् ।

    पदक अस्वीकार गर्ने पत्रकारहरूमा कृष्णज्वाला देवकोटा, हरिबहादुर थापा, नारायण अमृत र रविन सायमी रहेका छन् । जसमध्ये देवकोटा, थापा र अमृत क्रमश नयाँ पत्रिका दैनिक, इकागज डटकम र नेपाल समय डटकमका प्रधानसम्पादक हुन् भने अर्का पत्रकार सायमी कार्टुनिस्ट हुन्।



    उनीहरुले आफूहरुले पदक अस्वीकार गरेको बारे सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । जसमध्ये देवकोटाले लेखेका छन्,’ढिलो उठ्ने मान्छे, ढिलै थाहा पाएँ । नेपाल सरकारले मलाई सुप्रवल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद । तर, पदकहरुको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफै पदक स्वीकार गर्नु नैतिक हुने देखिनँ । नेपाली पत्रकारितामा थोरै पनि हस्तक्षेप गर्न सकेको भए मलाई सामाजिक प्रेरणा नै पर्याप्त छ ।’




    यस्तै,इकागज डटकमका प्रधानसम्पादक थापाले पदकबारे मेरो मान्यता भन्दै सामाजिक सञ्जालमार्फत् यस्तो लेखेका छन्,:-


    यस्तै अर्का पत्रकार नारायण अमृतले पदकबारे भागबन्डा अस्वीकार गर्छु भन्दै एक स्टाटस लेखेका छन्:-
    <

    यसैगरी, कार्टुनिस्ट सायमीले हाललाई याे विभूषण ग्रहण नगर्ने बताउदै लेखेका छन्,  ‘सरकारले मलाई ‘प्रबल जनसेवा श्री’ बाट विभूषित गर्ने निर्णय गरेको रहेछ। तर, हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु,’ सायमीले भनेका छन्। सरकारले संविधान दिवस २०७८ को अवसरमा नाै सयभन्दा बढीलाई विभूषण दिने निर्णय गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार