Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कोरोना भाइरस

    संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर, १२ जनाको मृत्यु

    संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर, १२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३ असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ३०४ जनाको पीसीआर परीक्षणमा ६५६ र २ हजार ७०९ को एन्टिजेन परीक्षणमा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ८४ हजार ५६६ जना पुगेको छ ।



    जसमध्ये २२ हजार ८६४ जना होम आइसोलेसनमा र १ हजार ४४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ०४० जनाको मृत्यु भएको छ ।

    यसअघि हिजो शनिबार १,०६६ जना संक्रमित थपिँदा १६ जनाको मृत्यु भएको थियो भने  १,२३४ जना डिस्चार्ज भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार