ट्रेकिङ गाइडलाई खुशीको खबर, सहुलियतपूर्ण ऋणका लागि आवेदन खुला

ट्रेकिङ गाइडलाई खुशीको खबर, सहुलियतपूर्ण ऋणका लागि आवेदन खुला

अनलाइन नेपाल
  • आइतबार, असोज ३ २०७८

  • 4.4K
    SHARES

    ट्रेकिङ गाइडलाई खुशीको खबर, सहुलियतपूर्ण ऋणका लागि आवेदन खुला

    काठमाडौं । सरकारले कोभिड-१९का कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडहरुका लागि सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ ।

    आइतबार नेपाल पर्यटन बोर्डले एक सूचना सार्वजनिक गर्दै रोजगारी गुमाएका ट्रेकिङ गाइडहरुका लागि सहुलियतपूर्ण ऋण प्रदान गर्ने जनाएको छ।



    पत्रयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी खाता सञ्चालन, व्यवस्थापन तथा ऋण परिचालन समितिको सचिवालय नेपाल पर्यटन बोर्डले गाइडहरुले ऋण लिनुपूर्व पुरा गर्नुपर्ने शर्तहरु तोकेको छ ।

    जसअनुसार ट्रेकिङ गाइड लाइसेन्स लिएको हुनुपर्ने, कोभिड १९ महामारीपूर्व कम्तीमा ३ वर्ष ट्रेकिङ कम्पनीमा कायर्रत रहेको हुनुपर्ने, गाइडले संचालन गर्ने व्यसायको परियोजना प्रस्ताव पेश गर्नुपर्ने छ ।

    आवेदनका लागि ७ दिनको समय तोकिएको  छ।  सरकारको यस कदमले केही हदसम्म ट्रेकिङ गाइडहरुका लागि मलम बन्न सक्ने देखिन्छ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार