Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नारायण वाग्लेको आक्रोश, ‘तक्मा बाँड्ने यो सरकार, पञ्चायती सरकार हो’

    नारायण वाग्लेको आक्रोश, ‘तक्मा बाँड्ने यो सरकार, पञ्चायती सरकार हो’

    अनलाइन नेपाल
  • आइतबार, ३ असोज २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं — लेखक, पत्रकार तथा नागरिक आन्दोलनका अगुवा नारायण वाग्लेले तक्मा बाँड्ने यो सरकार पञ्चायती सरकार भएको टिप्पणी गरेका छन्। बृहत् नागरिक आन्दोलनले आइतबार गरेको संविधान संशोधन मार्चलाई सम्बोधन गर्दै वाग्लेले लोकतान्त्रिक देशमा राणाकालिन तक्मा र बक्सिस नसुहाएको बताएका हुन्।

    ‘संविधान दिवस आज कसरी मनाइयो ? हेर्नुहोस् न। राणा शासनमा के हुन्थ्यो ? पञ्चायतमा के हुन्थ्यो ? चाकडी चाप्लुसी पदक, तक्मा, हुँदा–हुदा मैले धेरै वर्ष काम गरेको पवित्र पेशा पत्रकारिताका, प्रकाशक र पत्रकारहरुलाई समेत चाकडी गर है भनेर सरकारले तक्मा बाडेको छ,’ वाग्लेले भने, ‘तक्मा बाँड्ने सरकार, यो पञ्चायती सरकार हो।’



    सरकारले लोकतन्त्र स्वीकार नगरेको आरोप पनि उनले लगाए। यदि सरकारले लोकतन्त्र स्वीकार गर्ने हो भने यो पदक र तक्मा वितरण रोक्नुपर्ने उनको भनाइ थियो। ‘म यो माइकबाट अहिले नै घोषणा गर्छु, यदि यो संविधानले लोकतन्त्र स्वीकार गर्छ भने, लोकतान्त्रिक मुल्य र मान्यता अभिवद्र्धन गर्छ भने यसले तक्मा जस्ता राणकालीन बक्सिस परम्परा त्याग्नुपर्छ साथीहरु,’ वाग्लेले भने।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार