Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

धुम्मियो आकाश : यी स्थानहरुमा भारी वर्षा हुने

काठमाडौं । हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको मौसम विभाथले जानकारी दिएको छ।

विभागका अनुसार हाल सुदुर पश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र तराई भू–भागमा आंशिक बदली रहेको छ।

सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राती पनि देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदुर पश्चिमको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077