Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • प्रधानाध्यापकद्वारा ४ कक्षाकी बालिकाको गाला टोकेर यौनशोषणको प्रयास, स्थानीयद्वारा रामधुलाई

    प्रधानाध्यापकद्वारा ४ कक्षाकी बालिकाको गाला टोकेर यौनशोषणको प्रयास, स्थानीयद्वारा रामधुलाई

    अनलाइन नेपाल
  • सोमबार, ४ असोज २०७८
  • 3.2K
    SHARES

    एजेन्सी – बिहारको कटिहर जिल्लामा केही मानिसको समूहले विद्यालयका प्रधानाध्यापकको रामधुलाई गरेका छन्। आफ्नै विद्यालयकी १२ वर्षीय छात्रामाथि यौन दुर्व्यवहारको प्रयास गरेपछि उनलाई कुटपिट गरिएको हो।

    प्रहरीले आरोपीलाई प्रक्राउ गरिसकेको बताइएको छ। पिपरी बहियार प्राइमरी स्कुलका हेडमास्टरले ४ कक्षामा पढ्ने बालिकामाथि दुष्कर्म गर्ने प्रयास गरेका थिए। उनले ती बालिकाको गाला पनि टोकेको प्रत्यक्षदर्शीले बताएका छन्।



    बालिकाको चिच्याहट सुनेपछि केही मानिसहरु कक्षाकोठाभित्र प्रवेश गरेका थिए। त्यसपछि हेडमास्टरलाई कक्षाकोठामै धुनिदिएका थिए। त्यहाँ प्रहरी आइपुगेको थियो। प्रहरीले उनलाई थानातिर लग्दै गर्दा मानिसहरुले आक्रमण गरेका थिए।



    घटनापछि जम्मा भएको ठूलो भीडले आरोपी हेडमास्टर माथि लाठी र डण्डी बर्साएका हुन्। प्रहरीकैसामु ती हेडमास्टरको रामधुलाई भएको हो। घटनाको केही भिडियोहरु सामाजिक सञ्जालमा भाइरल पनि भएका छन्। आरोपी शिक्षकले बालिकामाथि शोषणा गर्दैगर्दा आफूले मानसिक सन्तसलन गुमाएको बताएका छन्। उनले बालिकामाथि यस्ते व्यवहार गरेको यो पहिलोपटक हैन। हाल पीडितको उजुरी दर्ता गरिएको र थप कारबाही प्रक्रिया अघि बढाइएको भारतीय प्रहरीको भनाइ छ।

    आजतकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार