Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • १ करोड २५ लाखको मुद्दाका फरार कृष्णबहादुर पक्राउ

    १ करोड २५ लाखको मुद्दाका फरार कृष्णबहादुर पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ४ असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं। महानगरीय अपराध महाशाखाले बैंकिङ कसुरको मुद्दामा १ करोड २५ लाख रुपैयाँ जरिवाना र १७ दिन कैद सजाय सुनाइएका फरारव्यक्तिलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा काठमाडौँको बूढानीलकण्ठ घर भई बारा जितपुर सिमरा बस्दै आएका  ६७ बर्षीय कृष्णबहादुर थापा रहेका छन् । उनलाई महाशाखाले सोमबार पर्सा बिरगगन्ज-१५ पुर्णिमा चोकबाट पक्राउ गरेको हो ।



    महाशाखाका अनुसार आरोपित थापा बैंकिङ कसुरको जाहेरीमा दोषी ठहर भएका थिए । २०७८।०६।०२ गते उच्च अदालत पाटनले उनलाई दोही ठहर गर्दै १ करोड २५ लाख जरिवाना र १७ दिन कैदको सजाय सुनाएको थियो ।



    पक्राउ परेका थापालाई फैसला कार्यान्वयका लागि जिल्ला अदालतमा काठमाडौंमा उपस्थित गराइ कारागार पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार