Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोरोना भाइरस

    संक्रमितभन्दा निको हुनेको संख्या झण्डै तेब्बर, ८ जनाको मृत्यु

    संक्रमितभन्दा निको हुनेको संख्या झण्डै तेब्बर, ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ४ असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ जनाको पीसीआर परीक्षणमा ९७५ र ३ हजार ०३१ को एन्टिजेन परीक्षणमा १२० जना गरी १,०९५ जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ८५ हजार ५४१ जना पुगेको छ ।



    जसमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा र १ हजार ४३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ०४८ जनाको मृत्यु भएको छ ।

    यसअघि हिजो आइतबार ७३४ जना संक्रमित थपिँदा १२ जनाको मृत्यु भएको थियो भने  १,४१३ जना डिस्चार्ज भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार