Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आईपीएल : बेङ्ग्लोर र कोलकाता भिड्दै, हेड टु हेडमा को अघि ?

    आईपीएल : बेङ्ग्लोर र कोलकाता भिड्दै, हेड टु हेडमा को अघि ?

    अनलाइन नेपाल
  • सोमबार, ४ असोज २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा हुँदैछ ।

    यसअघि भएको पहिलो खेलमा कोलकता बेंगलोरसँग ३८ रनले पराजित भएको थियो । पछिल्ला चार खेलमा कोलकाताले बेंगलोरलाई पराजित गर्न सकेको छैन । आईपीएलमा बेंगलोर र कोलकताबीच कुल २७ खेल भएका छन् । कोलकता १४ खेलमा विजयी हुँदा १३ खेलमा पराजित भएको छ ।



    हाल अंकतालिकाको शीर्ष स्थानमा चेन्नई सुपर किंग्स उक्लिएको छ भने दिल्ली क्यापिटल्स  नेट रनरेटका कारण दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स चौथो स्थानमा छ ।



    यस्तै, राजस्थान रोयल्स पाँचौं स्थानमा छ । पन्जाब छैटौं स्थानमा छ । कोलकाता सातौ स्थानमा छ । सनराइजर्स हैदराबाद पुछारमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार