Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यिनै हुन् ती महिला जसले भारतीय पुरुषको सहयोगमा आफ्नै पतिको हत्या गरिन्

    यिनै हुन् ती महिला जसले भारतीय पुरुषको सहयोगमा आफ्नै पतिको हत्या गरिन्

    अनलाइन नेपाल
  • सोमबार, ४ असोज २०७८
  • 2.1K
    SHARES

    सिरहा – प्रहरीले आफ्नै पतिको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीकी ३८ बर्षीया हरिहरदेवी रहेकी छिन्।

    उनलाई पति ३९ वर्षीय दुखहरण महराको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो। हरिहरदेवीले भारतीय नागरिक मुकेश यादवसँग मिलेर पतिको हत्या गरेको प्रहरीको आरोप छ।



    महरा गत भदौ १८ गते भारत विहारको जयनगरस्थित बरही गाउँमा मृत फेला परेका थिए। प्रहरीका अनुसार हरिहरदेवीले आफू बिरामी भएको बताएपछि श्रीमान श्रीमती भदौ १७ गते भारतको जयनगरतर्फ गएका थिए। साँझ ६ बजेतिर जयनगर रेल्वे स्टेशनमा चिया खान बसेको ठाउँमा मुकेश पनि आएका थिए।



    चिया खाएपछि मुकेशले दुखहरणलाई आफ्नो मोटरसाइकलमा लिएर गएका थिए। उनले मुकेशले अन्य दुई जना भारतीयको सहयोग लिएर दुखहरणलाई बरही गाउँको नहरमा लगी हत्या गरेका थिए। दुखहरणको हत्या गराउन मुकेशले ६० हजार रुपैयाँ लिएको पाइएको प्रहरीले जानकारी दिएको छ।

    दुखहरण र हरिहरदेवीका ४ छोराछोरी छन्। प्रहरीले पतिको हत्यामा संलग्नको आरोपमा हरिहरदेवीलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति लिएको छ।

    भारतीय नागरिक मुकेशलाई भारतीय प्रहरीले पक्राउ गरी जयनगर थानामा राखेको बताइएको छ। प्रहरीले हाल घटनाबारे थप अनुसन्धान जारी रहेको र प्रमाणहरु जुटाउने कार्य भइरहेको जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार