Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • पोर्नोग्राफी प्रकरणमा राज कुन्द्रालाई मुम्बई अदालतले दियो जमानत

    पोर्नोग्राफी प्रकरणमा राज कुन्द्रालाई मुम्बई अदालतले दियो जमानत

    अनलाइन नेपाल
  • सोमबार, ४ असोज २०७८
  • 2.9K
    SHARES

    एजेन्सी – बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति व्यापारी राज कुन्द्रालाई मुम्बई अदालतले जमानत दिएको छ। पोर्नोग्राफी प्रकरणमा पक्राउ परेका कुन्द्रालाई ५० हजार भारु धरौटीमा सोमबार जमानत मिलेको हो।

    उनीसँगै अर्का आरोपी रायन थोर्पेलाई पनि जमानत दिइएको छ। कुन्द्राले शनिबार अदालतमा बेलका लागि निवेदन दिएका थिए। निवेदनमा चार्जशिटमा आफूले भिडियो अपलोड गरेको एउटा पनि प्रमाण नभएको दाबी गरिएको थियो।



    कुन्द्रमाथि अश्लील भिडियो बनाएर ओटीटी प्ल्याटफर्ममा अपलोड गरेको आरोप छ। करिब एक महिनाअघि कुन्द्रालाई सोधपुछ गरी मुम्बई क्राइम ब्रान्चले पक्राउ गरेको थियो।



    अदालतका कुन्द्राले वकिल प्रशान्त पाटिलले के अपलोड गर्ने भनेर सेलिब्रेटी र निर्माताले निर्णय गर्ने बताएका थिए। पाटिलले कुन्द्रा र रायनले के अपलोड गर्ने भनेर तय नगरेको जानकारी गराएका थिए। १४ सय पेज लामो चार्जशिटमा राजले भिडियो अपलोड गर्ने गरेको एउटा पनि प्रमाण नभएको वकिल पाटिलको दाबी थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार