Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहको आक्रमण, ३ प्रहरी घाइते

    कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहको आक्रमण, ३ प्रहरी घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 1.7K
    SHARES

    कञ्चनपुर – भारतीय तस्कर समूहले कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गरेको छ। आक्रमणमा तीन जना सशस्त्र प्रहरी घाइते भएको बताइएको छ।

    घटना सोमबार साँझ भएको हो। दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेको हो।



    घटनामा सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएका छन्। घाइतेहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।



    नेपालतर्फ विभिन्न समान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट हुँदा एक्कासी उनीहरुले ढुङ्गामुढा गरेको बताइएको छ। तस्करको समूहलाई नियन्त्रणमा लिने प्रयास गरे पनि ३०÷४० मिटर नजिकै भारतीय भूमि भएकाले उनीहरु भाग्न सफल भएको प्रहरीको भनाइ छ।

    फरार भएपनि भारतीय तस्करको समूहको पहिचान भइसकेको छ र मंगलबार तस्करको समूहलाई नियन्त्रणमा लिएर कानून बमोजिम कारवाही गर्ने आश्वासन भारतीय पक्षले दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार