Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुई पक्राउ

    भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुई पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 1.7K
    SHARES

    बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा नेपाल–भारत सीमा बेलहियास्थित इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभलका कर्मचारी सन्तोष गुप्ता रहेका छन्।



    प्रहरीका अनुसार पक्राउ परेका लोहार र गुप्ताले सीमा नाका पार गराउन भन्दै भारतबाट आएका पर्यटकसँग घुस लिएका थिए।



    पशुपतिनाथ मन्दिर दर्शनका लागि गुजरात ट्राभल्समार्फत बेलहियासम्म आएका ८ जनाको समूहलाई ट्राभल्सका कर्मचारी गुप्ता र प्रहरी जवान लोहार मिलेर घुस दिनुपर्छ भन्दै प्रतिव्यक्ति ५ सय भारुका दरले लिएका थिए।

    उक्त घटनाबारे उजुरी परेपछि  प्रहरीले सोमबार  यादव र लोहारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार