Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • लघुवित्तबाट ऋण लिएर आफ्नै श्रीमानको हत्या गराइन हरिहरदेवीले

    लघुवित्तबाट ऋण लिएर आफ्नै श्रीमानको हत्या गराइन हरिहरदेवीले

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 2K
    SHARES

    रामनारायण यादव / सिरहा । सिरहामा एउटा अनौंठो घटना सावर्जनिक भएको छ । ऋण लिएर आफ्नै श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छिन् ।

    सिरहाको गोलबजार नगरपालिका वडा नम्वर ४ निपनिया कुटीका ३९ बर्षीय दुखहरण महराको हत्यामा उनकै श्रीमती हरिहरदेवी महरालाई प्रहरीले पक्राउ गरेको हो ।



    महरा भदौ १८ गते भारत विहारको जयनगरस्थित बरही गाउँमा मृत फेला परेका थिए । सिराहाका प्रहरी प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले दुखहरणकी श्रीमती ३८ बर्षीया हरिहरदेवीले भारतीय नागरिक मुकेश यादवसँग मिलेर श्रीमानको हत्या गरेको अनुसन्धानको क्रममा देखिएको छ ।



    प्रहरीका अनुसार हरिहरदेवीले आफू बिरामी भएको बताएपछि श्रीमान–श्रीमती भदौ १७ गते भारतको जयनगरतर्फ गएका थिए । साँझ ६ बजेतिर जयनगर रेल्वे स्टेशनमा चिया खान बसेको ठाउँमा मुकेश पनि सो ठाउँमा आई पुगेका थिए । चिया खाएपछि मुकेशले दुखहरणलाई आफ्नो मोटरसाइकलमा लिएर गएको प्रहरीले बताएको छ । मुकेशले अन्य दुई जना भारतीयको सहयोग लिएर दुखहरणलाई बरही गाउँको नहरमा लगी हत्या गरेको अनुसन्धानको क्रममा देखिएको छ ।

    दुखहरणको हत्या गराउन उनीकै श्रीमतीसँग मुकेशले ६० हजार रुपैयाँ लिएको पाइएको डीएसपी बुढाथोकीले जानकारी दिए । उक्त रकम हरिहरदेवीले गाउँकै एक लघुवित्तबाट ऋण लिएको पनि प्रहरीले जनाएको छ ।

    दुखहरण र हरिहरदेवीका ४ छोराछोरी छन् । दुखहरण कतारबाट फर्केर गाउँमै फर्निचर तथा किराना पसल व्यवसाय गरिरहेका थिए ।

    प्रहरीले पतिको हत्यामा संलग्नको आरोपमा हरिहरदेवीलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति लिएको छ ।

    भारतीय नागरिक मुकेशलाई भारतीय प्रहरीले पक्राउ गरी जयनगर थानामा राखेको र अनुसन्धान भइरहेको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रवक्ता बुढाथोकीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार