Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ओलीको रिट निवेदनमा सुनुवाइ हुँदै, आउला त अन्तरिम आदेश ?

    ओलीको रिट निवेदनमा सुनुवाइ हुँदै, आउला त अन्तरिम आदेश ?

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।

    यसअघि हिजो (सोमबार) ‘हेर्दा हेर्दै‘मा राखिएको सो रिट निवेदनका सम्बन्धमा अन्तरिम आदेश जारी गर्ने/नगर्नेबारे आज इजलासले निर्णय सुनाउने छ ।



    सोमबार रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा निवेदक पक्षका कानुन व्यवसायीहरुले नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता गैरकानुनी रहेको जिकिर गरेका थिए। अधिवक्ताहरु बाबुराम दाहाल, रमेश वडाल,  महेश न्यौपाने, रविनारायण खनाल, ईश्वरी भट्टराई लगायतले एकीकृत समाजवादी पार्टीको दर्ता गैर कानुनी भएको बताएका हुन्।



    माधव नेपालसहित १४ जना विरुद्धको मुद्दाको कुनै औचित्य नभएको विपक्षी तर्फका वरिष्ठ अधिवक्ता शम्भु थापाको जिकिर थियो।

    यसअघि भदौं २२ गते मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले उक्त मुद्धामा सुनुवाइ गर्दै अन्तरिम आदेश दिने/नदिनेबारे छलफल गर्न २८ गते दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो ।

    सर्वोच्चमा एमालेले अद्यावधिक गरेर पठाएको केन्द्रीय सदस्यहरूको विवरणलाई आयोगले मान्यता नदिएर माधवकुमार नेपाललाई पार्टी विभाजनमा सजिलो पारेको र सभामुख सापकोटाले एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै रिट निवेदन दर्ता गरेको थियो ।

    त्यस्तै एकीकृत समाजावदीको दर्ता गैरकानूनी भएको भन्दै बदर गर्न मागसहित निर्वाचन आयोग विरुद्धको रिटमा लिखित जवाफ मागेको छ । राणाको एकल इजलासले १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जवाफ मागेको हो । आदेशअनुसार जवाफ आएको तेस्रो दिनदेखि निरन्तर सुनुवाइ हुने जनाइएको छ ।

    गत भदौ १ गते एमालेले पार्टी विभाजनमा लागेको भन्दै वरिष्ठ नेता नेपालसहित १४ जना प्रतिनिधि सभा सदस्यलाई पदमुक्तको निर्णय गरेको थियो । तर, आयोगले यही भदौं ९ गते माधव नेपाललाई नेकपा (एकीकृत समाजवादी) नामक पार्टीलाई राजनीतिक दलको प्रमाणपत्र दिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार