Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • दशैँपछि भारतबाट १० लाख डोज खोप आउँदै

    दशैँपछि भारतबाट १० लाख डोज खोप आउँदै

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । छिमेकी देश भारतले कोरोना भाइरसविरुद्धको खोप निर्यातमा लगाएको रोकलाई आगामी अक्टोबरको सुरुदेखि नै हटाउने भएको छ ।

    सोमबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले अर्को महिनाबाट भ्याक्सिन मैत्री कार्यक्रम थालिने बताए।



    ‘खोप निर्यात खुलाउने तयारी भइरहेको छ,’ पत्रकार सम्मेलनमा मन्त्री माण्डवीयले भने, ‘ देशभित्रका नागरिकलाई पहिलो प्राथमिकता दिन्छौं, र त्यसपछि विभिन्न देशमा निर्यात गर्छौं।’



    उनका अनुसार अहिलेसम्म भारतमा खोप ८१ करोडभन्दा बढी मात्रा खपत भइसकेको छ। आगामी अक्टोबरदेखि डिसेम्बरसम्म तीन महिनाभित्र विभिन्न देशमा निर्यात गरिने उनले उल्लेख गरेका छन् । ‘भ्याक्सिन मैत्री’ कार्यक्रमलाई प्रारम्भ गरिने र त्यसअन्तर्गत आवश्यक भएका देशलाई भ्याक्सिन निर्यात गरिने उनले जानकारी दिएका छन् ।

    भारतको यो निर्णयसँगै नेपालले खरिद गरेको र ल्याउन बाँकी रहेको १० लाख डोज कोभिसिल्ड खोप अक्टोबरपछि आउने सुनिश्चित भएको छ । भारतमा रहेको सेरम इन्स्टिच्युट (अक्सफोर्ड एस्ट्राजेनेकाको उत्पादक कम्पनी)सँग नेपालले खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार