Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ज्यान मुद्दामा जेल परेकाले आममाफी पाएपछि स्थानीय झन् त्रसित

    ज्यान मुद्दामा जेल परेकाले आममाफी पाएपछि स्थानीय झन् त्रसित

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 2.2K
    SHARES

    पर्सा । संविधान दिवसका सन्दर्भमा वीरगन्ज कारागारबाट आममाफी पाउने २४ कैदीबन्दी मध्ये १५ जना ज्यान मुद्दाका छन् । सातौं संविधान दिवसको अवसरमा आममाफी पाउने २४ मध्ये १५ जना ज्यान मुद्दाका हुन् ।

    कारागार मुक्त हुनेहरुमा सबैभन्दा बढि कर्तव्य ज्यान मुद्दा ७ जना, सवारी ज्यान मुद्दाका ५, ज्यान मास्ने उद्योगका २ र ज्यान मार्ने १ गरी जम्मा १५ जना ज्यान मुद्दासँगै सम्बन्धित रहेको वीरगन्ज कारागारले जनाएको छ । यस बाहेक चोरीका ४, डाँकाजनीका २, नकबजनीका २ र बहुविवाहको कसुरमा कारागार परेका एक जना रहेको वीरगन्ज कारागारका जेलर कृष्ण गैरैले बताए । आगामी दिनमा समाजमा सुध्रिएर जीवनयापन गर्ने खालका २४ कैदी बन्दीलाई संविधान दिवसको अवसरमा आम माफी दिएको उनको भनाइ छ ।



    सबैलाई कारागार विभागको सिफारिसमा राष्ट्रपति कार्यालयले आइतबार आम माफी दिएको हो । मुलुकभरीबाट आममाफी दिइएका ५ सय २३ मध्ये वीरगन्ज कारागारबाट पनि २४ जना परेको कारागार वीरगन्जका प्रमुख समेत रहेका जेलर गैरेले बताए ।



    आम माफी पाउनेमा कर्तव्य ज्यान मुद्दाका लालबहादुर साह तेली, षेश इमामुदिन, विनोद विक चितैने, जमुना माझी, अमरुलाह मिया, रोकैया खातुन र मिश्रीलाल राउत अहिर रहेका छन् । त्यसैगरी सवारी ज्यान मुद्दाका धरेन्द्र पासवान, जोखु राय थारु, कन्हैया प्रसाद कुशवाहा, अनुप कुमार रुम्बा र जगतनारायण राउत कुर्मी गरी ५ जना मुुलुकको माफी सूचीमा परेका हुन् ।

    विभिन्न कसुरमा जेल जीवन विताइरहेका कैदीबन्दीहरु मध्ये चोरी मुद्दामा जेल जीवन विताइरहेका मध्ये राजेश साह कानु, सुनिल सहनी मलाह, सरोज चौधरी, अब्दुलजानी हकिम र महमद हुसेन आजाद अंसारी सहित ४ जना छन् । उता ज्यान मार्ने उद्योगका अजमुदिन अंसारी, सुनर पासवान, डाका मुद्दाका रमेश मुखिया बिन, विष्णु दयाल हजरा दुसाद र नकबजनी चोरीका सरोज चौधरी र अजाद अंसारीले आम माफी पाएको वीरगंज कारागारका प्रमुख तथा जेलर गैरेले बताए ।

    पहुँचका भरमा आममाफी दिने पछिल्लो रवैयाले कारागार भित्रै व्यक्ति हत्या गर्ने कर्तव्य ज्यान मुद्दाका फुलहसन अंसारी जस्ता व्यक्तिले पनि उन्मुक्ति पाएको उदाहरण पर्साका जिवित छ । उनी २०७४ सालको आम माफीमा परेका थिए । कारागार बाहिर निस्केपछि पनि बम बिष्फोट लगायत विभिन्न संगठित अपराधमा सम्लग्न रहेको पाइएपछि गएको भदौ २८ गते उनी पुनः पक्राउ परेका हुन् । ५६ प्रतिशत कैद मिनाहा गरी आममाफी पाएका उनले वीरगन्ज गारागार भित्र एक कैदीको छुरी हानी हत्या गरेको पर्सा प्रहरीले पुष्टि गरिसकेको छ । विगतमा ४० प्रतिशत सजाय भुक्तान गरिसकेकाहरुलाई आम माफी दिने प्रावधान रहे पनि पछिल्लो समय त्यसलाई बढाएर ५० प्रतिशत सजाय भुक्तान गरेको हुनु पर्ने प्रावधान रहेको छ ।

    वीरगन्ज कारागर र कारागार विभागले आममाफीमा सिफारिस गरी २०७४ मा आम माफी पाएका फुलहसन अंसारीलाई वीरगन्जको आदर्शनगरका राजेश क्यालको हत्या प्रकरणमा अदालतले कसुर ठहराई सर्वस्व सहित कैद तोकेको थियो । उनी व्यक्ति हत्या सहित बम विष्फोट, फोन धम्की फिरौती सांगठनिक लगायत एकदर्जन जति घटनामा संलग्न छन् । यो पटक पनि आममाफी पाउने प्रायः सबै ज्यान मुद्दासँग संबन्धित नै कसुरदार हुनुले सर्वसाधारणमा त्रास बढेको छ । आम माफी पाएकोमा स्थानीय पनि शसंकित भएका छन् । राजधानी दैनिकमा खबर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार