Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पोर्नोग्राफी प्रकरण : ६४ दिन जेल बसेर रिहा भएका राज कुन्द्रालाई लिएर के भन्छिन् शिल्पा शेट्टी ?

    पोर्नोग्राफी प्रकरण : ६४ दिन जेल बसेर रिहा भएका राज कुन्द्रालाई लिएर के भन्छिन् शिल्पा शेट्टी ?

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 3.5K
    SHARES

    काठमाडौं । पोर्नोग्राफी प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा सोमबार साँझ धरौटीमा रिहा भएका छन् ।

    भारतीय सञ्चार माध्यमका अनुसार बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति कुन्द्रालाई मुम्बईको अदालतले ५० हजार धरौटीमा रिहा गरेको हो । राज ६४ दिनपछि आफ्नो घर फिर्ता भएका छन् । अदालतले कुन्द्रासँगै उनका सूचना प्रविधि (आइटी) प्रमुख रियान थोर्पेलाई पनि रिहा गरेको छ ।



    कुन्द्राले शनिबार अदालतमा बेलका लागि निवेदन दिएका थिए। निवेदनमा चार्जशिटमा आफूले भिडियो अपलोड गरेको एउटा पनि प्रमाण नभएको दाबी गरिएको थियो।



    कुन्द्रमाथि अश्लील भिडियो बनाएर ओटीटी प्ल्याटफर्ममा अपलोड गरेको आरोप छ। करिब एक महिनाअघि कुन्द्रालाई सोधपुछ गरी मुम्बई क्राइम ब्रान्चले पक्राउ गरेको थियो।

    अदालतका कुन्द्राले वकिल प्रशान्त पाटिलले के अपलोड गर्ने भनेर सेलिब्रेटी र निर्माताले निर्णय गर्ने बताएका थिए। पाटिलले कुन्द्रा र रायनले के अपलोड गर्ने भनेर तय नगरेको जानकारी गराएका थिए। १४ सय पेज लामो चार्जशिटमा राजले भिडियो अपलोड गर्ने गरेको एउटा पनि प्रमाण नभएको वकिल पाटिलको दाबी थियो।

    कुन्द्रा र उनका आइटी प्रमुख थोर्पे गत जुलाई १९ मा अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐपमार्फत रिलिज गरेको आरोपमा पक्राउ परेका थिए ।

    व्यापारीसमेत रहेका कुन्द्राविरुद्द गत फेब्रुअरीमा क्राइम बेञ्चमा एउटा उजुरी दर्ता भएको थियो। त्यसको अनुसन्धानका क्रममा कुन्द्राको सहभागिता देखिएपछि उनलाई पक्राउ गरिएको  थियो। यता पति जेलमुक्त भएपछि शिल्पाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएकी छैनन्। यसअघि उनले पति कुन्द्रासँग डिभोर्स गर्ने खबर बाहिर आएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार