Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • १४ बर्षिया बालिकामाथि सामुहिक बलात्कार, समातिए कांग्रेस नेता देवीराम कुशारी

    १४ बर्षिया बालिकामाथि सामुहिक बलात्कार, समातिए कांग्रेस नेता देवीराम कुशारी

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 3K
    SHARES

    दाङ । जिल्ला प्रहरी कार्यालय दाङले बालिकामाथि भएको सामुहिक बलात्कारको प्रकरणमा नेपाली काँग्रेसका नेता तथा क्षेत्रीय प्रतिनिधि देवीराम कुसारीलाई पक्राउ गरेको छ।

    गत भदौं २७ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरियास्थित होटेल द रिभर फिस फेम्ली कटेजमा १४ वर्षकी बालिकालाई दुईजना युवकले सामुहिक बलात्कार गरेका थिए ।



    पीडित बालिका र बलात्कार आरोपी बिष्णु सुनारको बयानका आधारमा होटेल संचालक समेत रहेका कुसारीलाई प्रहरीले आज पक्राउ गरेको बताएको छ । २२ बर्षिय बिष्णु सुनार यसअघि नै पक्राउ परिसकेका छन्।



    अदालतले पक्राउ पुर्जी जारी गरेपछि होटेल संचालक कुसारीलाई पक्राउ गरिएको दाङ प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उक्त घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको छ।

    कुसारी नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधिका साथै नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य समेत हुन् । उनलाई म्याद थपका लागि अदालत लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार