Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गोठमा लुकाएर राखेको भरुवा बन्दुकसहित पाँच जना पक्राउ

    गोठमा लुकाएर राखेको भरुवा बन्दुकसहित पाँच जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 1.7K
    SHARES

    सिन्धुली । इलाका प्रहरी कार्यालय डकाहाको टोलीले आज भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।

    घर तथा गोठमा भरुवा बन्दुक लुकाइ छिपाइ राख्दै आएको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई घरैबाट पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा दुधौली नगरपालिका–२ जलकिनी र तीनचम्केका रहेका छन् । जलकिनी निवासी ५० वर्षीय नरबहादुर बस्नेत, ५५ वर्षीय शिवबहादुर कार्की, ४३ वर्षीय चुडाबहादुर राउत र तीनचम्के निवासी ७२ वर्षीय जितबहादुर बरैमगर र ४० वर्र्षीय भुवनबहादुर रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।



    घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार