Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ७ महिनादेखि तलव नपाएका अफगान सैनिकको रोदन: घर भाडा पाँच हजार तिर्नुपर्छ, आम्दानी १० रुपैयाँ पनि छैन

    ७ महिनादेखि तलव नपाएका अफगान सैनिकको रोदन: घर भाडा पाँच हजार तिर्नुपर्छ, आम्दानी १० रुपैयाँ पनि छैन

    अनलाइन नेपाल
  • मंगलबार, ५ असोज २०७८
  • 4.3K
    SHARES

    फाइल फोटो

    एजेन्सी। अफगानिस्तानमा बेरोजगारहरुको सङ्ख्यामा अत्यधिक बृद्धि भएको पाइएको छ । तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेर शासन सञ्चालन गर्न थालेपछि बेरोजगारहरुको सङ्ख्यामा बृद्धि भएको हो ।

    त्यसैगरी रोजगारी भएकाहरुले पनि लामो समयदेखि मासिक तलव तथा अन्य सेवा सुविधाहरु नपाएको गुनासो गरेका छन् । अफ्गान सेनामा कार्यरत अक्रामुद्धीनले पछिल्लो सात महिनादेखि आफुले नियमित तलव नपाएको बताए।



    तालिवान विद्रोहीहरुले सत्ता कब्जा गर्नु अगाडीदेखि नै देशको ढुकुटीमा आर्थिक संकट परेकाले सेनाका कर्मचारीलाई समेत तलव पनि खुवाउन नसक्ने अवस्था आएको जनाइएको छ ।



    तलव नपाउदाँ दैनिकी चलाउन नै समस्या पर्न थालेको अक्रामुद्धिनले जानकारी दिए । उनले भने, ‘तलव पाइएको छैन, म भाडाको घरमा बस्छु, पाँच हजार भाडा तिर्नुपर्छ, दुई हजार विजुलीको तिर्नुपर्छ, तर आम्दानी १० रुपैयाँ पनि छैन ।’

    यस्तै, शिक्षण पेशामा आवद्ध मोहम्मद नासिरले नौ जना सदस्य रहेको आफ्नो परिवार चलाउन धेरै गाह्रो भइसकेको गुनासो गरे । आम्दानी नभएकाले उपभोग्य सामग्रीहरु किन्न नसकिरहेका बेला सामानको मुख्य पनि बृद्धि भएको उपभोक्ताहरुले बताएका छन् । उनीहरूले महंगी, बेरोजगारी, आर्थिक संकट तथा अभावका बारेमा चासो राख्दै आएका छन् ।

    ‘मानिसहरुलाई अनेक प्रकारका समस्या आइपरेका छन्, समस्या न्युनिकरणका लागि हामीले सरकारलाई आग्रह गर्न चाहन्छौँ,’ एक अफगान नागरिकले भने । अफगानिस्तानमा सरकार मातहतको निजामती सेवामा झण्डै ४३ हजार कर्मचारी कार्यरत रहेको तथ्याङ्क रहेको छ । (एएनआईको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार